बाढीपहिरो प्रभावित २० स्थानीय तह विपद् संकटग्रस्त घोषणा

12 Shares

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गरेको छ । 

बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी असोज १० र ११ गतेको वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका २० वटा स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गरिएको हो । ती स्थानीय तह तीन महिनाका लागि विपद् संकगग्रस्त घोषणा गरिएका हुन् । 

बाग्लुङ, मनाङ, म्याग्दी, पर्वत, गोरखा र पूर्वी नवलपरासीका स्थानीय तह संकटग्रस्त घोषणा गरिएका हुन् । कतिपय पूरै स्थानीय तह छन् भने कतिपयको केही भागलाई विपद् संकटग्रस्त घोषणा गरिएको  छ । 

राजपत्रमा प्रकाशित सूचनामा विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ अनुसार विपद् संकटग्रस्त घोषणा गरिएको जनाइएको छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार