कांग्रेसभित्र गुट र समूह समाप्त !

11 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी रहँदा धेरैको मनमा लागेको जिज्ञासा हो, अब कांग्रेसभित्र गुट र समूह कुन रुपमा देखापर्छन् त ? यसैबारे सभापति गगनकुमार थापाले अब कांग्रेस पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन् ।

महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ ।

थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने बताए । उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताएका छन् ।

सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहकझ निर्वाचनसम्म दिनरात खटिने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया