कप्तानगञ्ज घटनाबारे सरकारलाई प्रचण्डको प्रश्न

18 Shares

१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्ज घटनाबारे सरकारलाई प्रश्न गरेका छन् ।

विहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन  अपिल गरेका हुन् । प्रचण्डले सबैलाई सद्भाव कायम राख्ने सन्दर्भमा सरकारलाई विशेष ध्यान दिन आग्रह समेत गरे । 

यस घटनाबारे यथाशिघ्र छानविन गर्न समेत उनको माग छ । उनले यो घटनापछि सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चिन्ताको विषय भएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार