बुद्ध एयरले ल्यायो १४ वर्ष पुरानो एटीआर ७२-६००, प्रचार भने नयाँ कै !

31 Shares

काठमाडौं । बुद्ध एयरले आफ्नो फ्लीटमा थपेको एटीआर ७२-६०० (कल साइन:  ९ एन- एओएस) नयाँ विमान नभई यसअघि विदेशमा व्यावसायिक रूपमा सञ्चालन भइसकेको विमान रहेको खुलेको छ।

उक्त विमान सन् २०१२ मा फ्रान्सको टुलुजस्थित ATR कम्पनीले निर्माण गरेको हो। यसको पहिलो उडान २१ फेब्रुअरी २०१२ मा भएको थियो भने उत्पादन सिरियल नम्बर ९९२ रहेको छ।

विमान यसअघि ब्राजिलमा पीआर-टीकेएल  दर्ता नम्बरमा सञ्चालनमा रहेको थियो। सुरुमा यसलाई ट्रिप लिन्हास एयरले प्रयोग गरेको थियो। पछि ट्रिप र अजुल ब्राजिलियन एयरलाइन्स एकीकृत भएपछि उक्त विमान अजुलको फ्लीटमार्फत व्यावसायिक उडानमा प्रयोग गरिएको थियो।

बुद्ध एयरले भित्र्याएको एटीआर ७२-६०० करिब १४ वर्षसम्म व्यावसायिक उडान गरिसकेको विमान हो।

 नेपालमा एटीआर ७२-६०० सिरिजको यो पहिलो विमान हो। यसमा आधुनिक ग्लास ककपिट (Glass Cockpit), उन्नत एभियोनिक्स (Avionics), RNP-AR नेभिगेसन प्रणाली, कम इन्धन खपत तथा सुधारिएको सञ्चालन क्षमता जस्ता आधुनिक प्रविधि समावेश छन्।

बुद्ध एयरका अनुसार आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी उक्त विमानलाई आगामी महिनादेखि नियमित व्यावसायिक उडानमा ल्याइनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार