काठमाडौं । रुकुम-पूर्वमा नेपाली कम्युनिस्ट पार्टीले माहोल गरम बनाएको छ । प्रचण्ड उम्मेदवार रहेको यस क्षेत्रमा वर्तमान राजनीतिको मियो नै प्रचण्ड रहेकाले अबको निकास पनि उनले नै दिने मत मतदाताले राखिरहँदा प्रचण्डले पनि परिवर्तनको मुल संवाहक नेपाली कम्युनिस्ट पार्टी भएको बताएका छन् ।
आफ्नो पार्टीका प्रष्ट एजेण्डा जनस्तर सुधार र विकासमा केन्द्रित रहेको र त्यसलाई पुरा गर्न देशभरबाट तारा चुनाव चिन्ह्मा भोट गर्नु आवश्यक रहेको बताएका छन् । सदनमार्फत भविष्य कोर्न सदनमा बहुमत आवश्यक रहेकाले बहुमत दिएर विकासको ढोका खोल्नुपर्ने प्रचण्डको भनाई छ ।
मुलुकको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा तीव्र सुधारका लागि नेकपाले पाँच वर्ष निरन्तर काम गर्ने वातावरण बनाए जनतालाई गुनासो गर्ने मौका नदिने उनले बताएका छन् । सामाजिक न्यायसहितको वर्तमान शासन व्यवस्था आफ्नो देन भएकाले यसलाई परिणाममा बदल्न जनताले तारा चिन्ह्मा मतदान गरि आधारशिला तयार गर्नु पर्ने उनको भनाई छ । जेनजीको चाहना अनुसारको सुशासनका लागि नेकपालाई ५ वर्ष शासन चलाउन आवश्यक रहेको समेत प्रचण्डको भनाई छ ।