सरकारले चुनाव होइन, युद्ध चाहेको छः विप्लव

374 Shares

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । 

विप्लवले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी दिएका विप्लवले सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध भन्दै प्रश्न समेत गरे ।

उसोतः विप्लवले कार्की नेतृत्वको सरकार विघटन गर्दै सर्वपक्षिय सरकार गठनको माग समेत गरेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार