ओलीले नेकपालाई वृद्धाश्रम भनेकोमा प्रचण्डको आक्रोश, एकताबारे के भने ?

348 Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओली ओलीले आफ्नो पार्टीलाई वृद्ध आश्रम भनेकोप्रति असन्तुष्टि जनाएका छन्।

भीम रावललाई पार्टीमा सहामित गर्ने कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी एकता पनि चुनाव जित्नका लागि मात्रै नभएको दाबी गरेका छन् । 

‘इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ।', प्रचण्डले भने, 'त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन।’

यस्तै,  प्रचण्डले नेकपालाई वृद्धाश्रम भनेको भन्दै भने, ' जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ।'

उसोतः एमाले अध्यक्ष ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धा आश्रमसँग तुलना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार