अमन र श्रद्धा अभिनित ‘तिम्रो खुशी’ सार्वजनिक (भिडियो)

१६ असार, काठमाडाैं । कलाकार अमन श्रेष्ठ र श्रद्धा श्रेष्ठ अभिनित ‘तिम्रो खुशी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गायक नविन के भट्टराईको स्वर तथा शोहन मानन्धरको शब्द संगीतमा तास स्टुडियोले तयार गरेको गीतलाई नविन न्यौपानेको निर्देशन गरेका छन् ।

भिडियोमा शंकर के उदाशको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको छ भने भिडियोलाई शृङ्गार लक्स मेकअप स्टुडियोको तर्फबाट लक्ष्मी मल्लको रहेको छ । सचिन झा तथा सुमन अधिकारीको निर्माण ब्यबस्थापनमा तयार भएको भिडियोमा सारदा प्रधान, झन कुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, अनु श्रेष्ठ, गौरव बराल, राजु मल्ल, हिराकाजी वंन्जॉकर, पंकज मिश्र, दुर्गाराज पाण्डे, गणेश पाठक आदिको विशेष सहयोगमा निर्माण गरिएको हो ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार