स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा

काठमाडाैं । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने टुंगो भएको हो ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ५ गते पछि स्थानीय तह रिक्त रहने संवैधानिक व्यवस्था रहेको भन्दै यो भन्दा पर धकेलिने अवस्था नभएको भन्दै एकै चरणमा जेठ ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

आयोगको उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा निर्वाचन गराउन तयार भएका छन् । उनले जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराउने बताउँदै आयोगलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएको प्रमुख आयुक्त थपलियाले बताए ।

‘एकै चरणमा निर्वाचन गर्ने आयोगको प्रस्ताव प्रधानमन्त्रीले सदर गर्नु भएको छ’, थपलियाले थप भने, ‘हामीले सोहि अनुसार तयारी गर्न निर्देशन दिनुका साथै मन्त्रिपरिषद्बाट निर्णय गर्ने समेत जाउनु भएको छ ।’

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जेठ ४ मा स्थानी तह निर्वाचन गर्ने गरी प्रधानमन्त्री र आयोगका अधिकारीबीच छलफल भएको बताएका छन् ।

आयोगसंगको छलफलको क्रममा प्रधानमन्त्री देउवाले समेत जेठ ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए भने, आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने जनाएको थियो ।

प्रतिक्रिया