
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले १०० दिनको अवधिमा ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जानकारी दिएकी छन् ।
शिक्षामन्त्री श्रेष्ठले गएको चैत्रमा शिक्षकहरुलाई राजनीतिक दलमा आवद्धता त्यग्न निर्देशन दिएकी थिइन् । साथै, उनले शिक्षक दलमा आवद्ध भए उजुरी दिन समेत आह्वान गरेकी थिइन् ।
त्यसपछि मन्त्री श्रेष्ठले सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै ८२५ शिक्षकले दलीय आवद्धता त्यागेको जानकारी दिएकी हुन् । यस्तै, मन्त्रीको ताकेतापछि २० जना शिक्षकले भने पदबाटै राजीनामा दिएका छन् ।
प्रतिक्रिया