
काठमाडौं । निर्वाचन आयोगले आगामी २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते निर्वाचन गर्न परामर्श दिएका हुन् ।
आयोगले नेपालको संविधानको धारा २१५ को उपधारा ६, धारा २१६ को उपधारा ६, धारा २२० को उपधारा ५, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ र दफा ५५ बमोजिम निर्वाचित स्थानीय तहका पदाधिकारीको पद २०७९ जेठ ५ गते समाप्त हुने भएकाले जेठ ४ मा निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ ।
यस्तो छ प्रधानमन्त्री देउवालाई आयोगले बुझआएको पत्रः
प्रतिक्रिया