
काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको ८ हजार ५८७ परीक्षणमा १ हजार १८४ र ४ हजार १०५ एन्टिजेन विधिबाट भएको परीक्षणमा ७७३ जनामा गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार १०३ रहेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ ।
२४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले खोप लगाएका छन् ।
प्रतिक्रिया