
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता शालीग्राम पौडेलले जनाएका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताका लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याएको जनाएको छ ।
आयोगले उम्मेदवारको विरोधमा उजुरी दर्ता वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
त्यस्तै, आयोगले मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची वैशाख २१ गते साँझ ५ देखि ६ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम तय गरेको छ ।
३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।
प्रतिक्रिया