सायाको शिविरमा २ सय बढीले लिए निशुल्क स्वास्थ्य सेवा

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

काठमाडौंको नैकापस्थित ओम समाज हस्पिटलसँगको सहकार्यमा सायाले स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

सायाले आयोजना गरेको शिविरमा २ सय बढीले सेवा लिएको सायाका सचिव रणबहादुर गुरुङ `रविन´ले बताएका छन् ।

स्वास्थ्य शिविरमा क्लबका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्यसहित ओम समाजका अध्यक्ष समेत रहेका दन्त चिकित्सक डा. सुवाष घिमिरे समेत उपस्थित भएको बताइएको छ ।

`यो नियमित कर्म हो भन्ने ठानेको छु । समाजलाई योगदान दिन पाउनु सौभाग्य पनि हो । निरन्तर हाम्रो अभियान जारी रहन्छ ।´ उपाध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार