सहकारी ठगी प्रकरणः समिति बन्ने विषयमा के भयो कुराकानी ?

काठमाडाैं । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने विषयमा सत्ता र प्रतिपक्षबीच सकारात्मक छलफल भएको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षले संसदीय छानविन समितिको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएपछि सत्ता पक्षले समिति बनाउन लचक भएपनि व्यक्ति केन्द्रित समिति नबन्ने अडान लिएपछि संसद लम्बेतान बनिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समिति बन्नुपर्ने प्रतिपक्षको मागमा सत्ता पक्ष तयार नहुँदा समहति जुट्न सकेको छैन् ।

‘शीर्ष नेताहरुबीचको छलफल सकारात्मक छ । निष्कर्षमा पुग्न नसकिएपनि आशा बढाएको छ, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

छलफल सकारात्मक बनेको दाबी गरिएपनि एमालेले भने व्यक्ति किटान गरेर समिति बन्न नसक्ने अडान दोहोर्‍याएको छ । गलत नजिर बस्ने भन्दै एमालले कांग्रेसले राखिराखेको मागलाई अनुचित भन्दै आएको छ ।

संसदीय समिति बनाउनका लागि अब शनिवारका लागि कार्यदलको बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार