सहकारी ठगी प्रकरणः संसदीय समिति गठनमा शनिबार के भयो ?

काठमाडाैं । सहकारी ठगी प्रकरणमा संसदीय समिति बन्ने अन्तिम तयारी चलेपछि शनिवार सहमति जुट्न सकेन् ।

सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिको माग गर्दै आएको कांग्रेसले कार्यदलको बैठकमा केहि लचकता अपाएसँगै सहमति जुट्ने अपेक्षा गरिएको थियो ।

सिंहदरबारमा भएको छलफल सकारात्मक बनेको र शीर्ष नेताहरुे वालुवाटारमा बसेर सहमतिको खाका तयार पारेर संसदीय समितिको कार्यादेश तय गर्ने बताइएको थियो । तर अन्तिममा आएर अड्किएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा वालुवाटार बैठकमा अनुपस्थित भएपछि बैठक आइतबार विहान ९ बजेका लागि तय गर्दै निष्कर्ष निकाल्न नसकिएको बताइएको छ ।

कार्यदलले रविको नाम उल्लेख नगरि उनी संलग्न रहेको भनिएका सहकारीको नाम र गोरखा मिडिया प्रालीको नाम उल्लेख गरेर समिति बनाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार