
काठमाडाैं । सहकारी ठगी प्रकरणमा संसदीय छानविनका लागि संसदीय समिति गठन भएको छ ।
एमाले सांसद सुर्यबहादुर थापाको संयिजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो ।
समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिले विभिन्न २९ वटा सहकारीमा भएको रकम अपचलनबारे अनुसन्धान गर्नेछ । भने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा एमडी रहेको गोरखा मिडिया प्रालिमा सहकारीबाट रकम आए-नआएको विषयमा समेत अनुसन्धान गर्नेछ ।
समितिले अनुसन्धानपछि दोषी देखिएकालाई कारबाही सिफारिस गर्नेछ भने सहकारी समस्या समाधानको उपाय समेे सुझाउने बताइएको छ ।
प्रतिक्रिया