
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय समिति बन्ने सहमति जुटेको बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा सहकारीको रकम अपचलनबारे संसदीय समिति बनाउने विषयमा मोटामोटी सहमति जुटेको बताइएको छ ।
संसदीय समिति गठनका लागि सहमति जुटेसँगै मंगलबार समिति बन्ने र कार्यादेश समेत तय हुने अपेक्षा गरिएको छ । योसंगै संसदको अवरोध समेत खुल्ने दाबी गरिएको छ ।
‘प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले सहमति जुटाएको छ । करिब करिब सहमति जुट्यो । मंगलबार छानविन समिति बन्छ, कानून मन्त्री पदम गिरीले भने ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि भोलि मंगलबार सहमति जुट्ने दाबी गरे । ‘हामी निष्कर्ष उन्मुख छौं । भोलि कार्यदल बसेर अन्तिम रुप दिन्छौं’ उनले भने ।
सहमति जुटेको बताइएपनि यसमा रवि लामिछानेको नाम समावेश नगर्ने र गोरखा मिडिया प्रालिमा भएको अपचलन भनेर उल्लेख गर्ने सहमति जुटेको बताइएको छ।
प्रतिक्रिया