सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजदूत फिर्ता बोलाउने गलत निर्णय गर्‍योः कांग्रेस

कठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताए ।

कांग्रेस वक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदुत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदुत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो ।

नेपालको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको उनको आरोप छ ।

प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिए ।

 

प्रतिक्रिया