सत्ता सहकार्यका लागि मध्यरातमा एमाले-कांग्रेस सहमत, ओली प्रधानमन्त्री बन्ने

काठमाडाैं । प्रधानमन्त्री प्रचण्डबाट धोका पाएपनि उनको सत्तालाई काँध थाप्दै आएका दुई ठूला दलहरुले सत्ता सहकार्य गर्ने विषयमा सहमति गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार विगटनको संघारमा पुगेको छ ।

संविधान सशोधनसहितको एजेण्डामा सहमति जुटाएको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सत्ता सहकार्य गर्ने प्रस्तावमा हस्ताक्षर भएको हो ।

कांग्रेस एमालेको सत्ता सहकार्यसँगै एमाले अध्यक्ष केपी ओली चाैथो पटक प्रधानमन्त्री बन्ने भएका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

संविधान संशोधनको एजेण्डासहित सकेसम्म राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयसहित कांग्रेस-एमालेबीच सहमति जुटेको बताइएको छ । सहमति अनुसार सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, राष्ट्रिय सहमतिकै सरकार बनाउने प्रयास भएकाले मन्त्रालयको संख्या तलमाथि हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया