
काठमाडाैं । सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ ।
५ दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले बाहिरिएको घोषणा गरेको हो । जनमोर्चाको सोमबार बसेको सचिवालयको बेठकले सत्ता गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।
सडकमा जनता एमसीसीविरुद्ध आन्दोलित भइरहेको अवस्थामा गठबन्धनका दलहरु जालझेल गरेर एमसीसीलाई अनुमोदन गर्नाले राष्ट्रलाई दीर्घकालीन र गम्भीर क्षति पुग्ने भएकाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनाएको छ ।
सचिवालयको बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलक तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्याएको उल्लेख छ ।
प्रतिक्रिया