सत्ता गठबन्धनका पाँच दलले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले एक विज्ञप्ति जारी गर्दै गठबन्धन गर्ने निर्णय गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताएका छन् ।

बैठकले जिल्लास्थित ७ वटै पालिकामा गठबन्धनका दलबीच बैठक बसी चुनावी तालमेलबारे संयुक्त संयन्त्र निर्माण गरी छलफल अगाडी बढाउने निर्णय गरेको छ । संयुक्त संयन्त्रको संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने समेत निर्णय उनीहरुले गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार