संविधान संशोधनको जामा पहिर्‍याएर ओलीले प्रधानमन्त्री पद लिएः प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधानसम्मत नरहेको आरोप लगाएका छन् ।

अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको आरोप लगाएका प्रचण्डले केपी ओली नेतृत्वको सरकार संविधान मिचेर बनेको दाबी गरे ।

सरकारले संविधान मिच्दै गएको आरोप लगाएका प्रचण्डले देशमा पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता पर्ने त होइन भन्ने आफूलाई लागेको जिकिर गरे । प्रचण्डले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको भन्दै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताए ।

यस्तै, प्रचण्डले ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको दाबी गरे । उनले संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्‍याएर प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार