शनिबार र आइतबार बाढीको खतरा कहाँ-कहाँ ?

काठमाडौं । । मौसम सक्रिय भएसँगै देशभर बाढी पहिरोले वितण्डा मच्चाउन थालेको छ । शनिबार पनि देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ । त्यसैले आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने र बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

शनिबार र आइतबार वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ । अविरल वर्षा भइरहेकाले बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार