वृक्षारोपण तमासा मात्रै हो, विरुवा आफै उम्रन्छः ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृक्षारोपण कार्यक्रम तमासाको भएको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा विल्दै ओलीले वृक्षारोपणले खर्च मात्रै बढाउने हुनाले तमासा भएको जनाएका हुन् ।

‘वृक्षारोपरण थेरै वातावरणीय सन्तुलनको प्रयास हो । अलिकति आर्थिक उन्नतीको प्रयास हो । धेरै मात्रामा भन्ने हो भने तामासा हो’ ओलीले भने, ‘एकातिर वन सिध्याउँदैछ अर्कोतर्फ वृक्षारोपण गर्दैछ । वृक्षारोपण गर्ने भनेर खर्च बढाउँदैछ । धान रोप्ने ठाउँमा सिसौ लगाएको छ । धानको उत्पादन बढ्ने भएन अन्तैबाट ल्याएको छ । चिनी बाहिरबाट ल्याएको छ । धान बाहिरबाट ल्याएको छ । यहाँ सिसौ लगाएको छ ।’

धान खेत मासेर गरिएको वृक्षारोपणले प्रतिफल नदिने भन्दै ओलीले भाई-छोराहरु विदेशमा रहेको र रोपिएको सिसाै दश वर्ष बाँच्ने र त्यसपछि सुकेर मर्ने हुनाले कुनै प्रतिफल नहुने दाबी गरे ।

‘हाम्रो देश जीवनमय देश छ । पहिले गंड्यौला, बाँदर, बाघभालु, हात्तिगैंडाको खेती पहिले कसले गर्थ्यो ? सालघारी, सिसौ, खयर कसले लगाएका हुन् ? यार्चागुम्बा कसले उमारेका हुन् ? आफैं उम्रिन्छ । निमा रुख कसले उमारे ? सबै आफैं उम्रिन्छ । झारपात आफैं उम्रिन्छ । फलफूल आफैं उम्रिन्छ’ ओलीले भने, ‘आरा बन्चरो लिएर जंगल नपस्ने हो भने दस वर्षमा देश जंगलमय भइसक्छ । बिरुवा उमार्नका लागि केही गर्नु नै पर्दैन । खाली नमासे पुग्छ’, ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार