विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने भएको हो । साथै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार अन्य विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट भने गम्भीर घाइते छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार