
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एअरको विमान दुर्घटनाबारे छानबवन गर्न जाँचबुझ आयोग गठन गरिएको छ ।
बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी जाँचबुझ आयोग गठन गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।
प्रतिक्रिया