
काठमाडौँ । रुस-युक्रेन तनावका कारण नेपाल आयल निगमले इन्धनको मूल्य उच्च दरमा बढेर आएको जनाएको छ ।
रुस-युयक्रेन तनावका कारण कच्चा इन्धनको मूल्यमा बृद्धि भएका कारण भारतीय आयल कर्पोरेशनले बुधबार उच्च दरमा मूल्य बृद्धि गरेर पठाएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर १६ रुपैँया ३७ पैसा, डिजेलमा २४ रुपैँया ४९ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो ।
बढेर आएको मूल्य अनुसार निगमलाई पाक्षिक रुपमा नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ । यहि मूल्य अनुसार निगम महिनामा १० अर्ब बढी घाटामा जाने जनाएको छ ।
यस्तै, अब पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा तथा डिजेलमा ३६ रुपैयाँ ४४ पैसा नोक्सानी छ । मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ ।
प्रतिक्रिया