माओवादी केन्द्रको महाधिवेशनः प्रचण्डले जवाफ दिन थाले

काठमाडाैम । नेकपा माओवादी केन्द्रको जारी ८ औं राष्ट्रिय महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष प्रचण्डले जवाफ दिन थालेका छन् ।

यही सोमबारदेखि सुरु बन्दसत्रमा विभिन्न २५ वटा समूहले राखेका सुझावमाथि प्रचण्डले जवाफ दिइसकेपछि महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्नेछ ।

प्रचण्डले सोमबार ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसमा छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।

त्यस्तै, प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरल, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार