
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएसंगै उनी स्वतः निलम्बनमा परेका छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ ।
सर्वोच्चमा पत्र पुगेपछि बरिष्ठतम् न्यायाधीशले कार्यबहाक प्रधानन्यायाधीशको रुपमा काम गर्नेछन् ।
संसदीय प्रक्रियामा महाअभियोगको प्रस्ताव छलफलमा हुने उक्त छलफलपछि ११ सदस्सीय छानबिन समिति बनाउने र उक्त समितिले प्रधानन्यायाधीशलाई बयानका लागि बोलाउने प्रावधान रहेको बरिष्ठ अभिवक्ता लैन बहादुर थापाले बताए ।
अधिवक्ता थापाका अनुसार महाभियोग प्रस्ताव दर्ता भएसंगै उनी स्वतः निलम्बनमा परेका छन् । महाभियोग प्रस्ताव दर्ता भएको पत्र सर्वोच्च अदालतमा पुगेपछि बरिष्ठताका आधारमा कार्यबहाक प्रधानन्यायाधीश कायम हुनेछन् ।
नेपाली कांग्रेस सचेतक पुष्प भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
गठबन्धनले प्रधानन्यायधीशविरुद्ध २१ बुँदे अभियोग लगाएको छ ।
प्रतिक्रिया