
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् ।
असार १८ गते नयाँ मन्त्री थप्ने गरि प्रधानमन्त्री प्रचण्ड तयारी तीब्र पारेको स्रोतको भनाई छ । सोमबार असार १७ गतेका लागि सत्ता समिकरणको बैठक आह्वान गरेका प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका हुन् ।
राजनीतिक रुपमा कुनै भवितव्य सिर्जना नभए प्रधानमन्त्रीले १८ गते मन्त्री हेरफेर गर्नुहुन्छ । माओवादी र एमालेका केहि मन्त्री पनि हेरफेरमा पर्ने देखिएको छ भने रास्वपाले के गर्ला भन्ने प्रश्न पेचिलो बनेको छ ।
प्रधानमन्त्री प्रचण्डले रास्वपाका केहि मन्त्री फेर्न चाहेपनि रास्वपाले औपचारिक निर्णय गर्न सक्ने स्थिति नभएकाले पनि समस्या सिर्जना हुन सक्ने बताइएको छ ।
नाउपाबाट रञ्जिता श्रेष्ठ र जनमतबाट डा. सीके राउत नै मन्त्री बन्ने बताइएको छ ।
प्रतिक्रिया