भ्रष्टाचारको डरलाग्दो जालो : ८१ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । एक वर्षमै स्थानीय सरकारका सयौं जनप्रतिनिधि र कर्मचारीहरु भ्रष्टाचारमा संलग्न देखिएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहका सयौं जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव इन्जिनियरसहितका पदमा कार्यरतलाई अख्तियारले मुद्दा चलाएको हो ।

जसमा गैरकानुनी लाभ हानी, घुस रिसवत, प्रतिकुल बकपत्र गरेको, राजश्व चुहावटसहितका कसुरहरू उक्त मुद्दामा समावेश छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार