
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
संसद सिवालयलाई पत्राचार गर्दै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।
एमालेसहितका दलले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिने भएका हुन् । प्रष्ट अल्पमतमा परेका प्रचण्डले लिन लागेको विश्वासको मतलाई अर्थपूूर्ण ठानिएको छ ।
जसपाले पनि लियो समर्थन फिर्ता
उपेन्द्र यादव नेतृत्वबाट फुटेको जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अशोक राईले जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन भने जसपाबाट मन्त्री बनेकाहरुले पनि पदबाट राजीनामा दिएका छन् । उसोतः उपेन्द्र यादवले समेत कांग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया