
काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेपछि कांघ्रेस झस्किएको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले ठूलो दलको आधारमा सरकार बनाउने व्यवस्थामा जान नहुने अभिव्यक्ति दिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको र विश्वासको मत प्राप्त गर्न नसके उपधारा ३ आकर्षित हुन सक्ने भन्दै कोइरालाले आशंका व्यक्त गरेका हुन् ।
‘वर्तमान सरकार ७६ (२) अनुसार बनेको छ । यो व्यवस्थाअनुसार सरकार बन्न नसके ठूलो दलको आधारमा ७६ (३) अनुुसार कांग्रेसको सरकार बन्ने अवस्था आउँछ ।’, कोइरालाले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएकाले खुसी भइहाल्ने अवस्था नभएको उनले बताए । प्रधानमन्त्रीको राजीनामा नआएकाले कांग्रेसभित्र संशय पैदा भएको छ । उसोतः प्रधानमन्त्रीले असार २८ गते संसदबाट विश्वासको मत लिन लागेका छन् ।
प्रतिक्रिया