प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

जनकपुरधाम । प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा पारित गरिएको छ ।

प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो । १०४ सांसदमध्ये बाँकी सांसद भने उपस्थित थिएनन् ।

मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गरेका हुन्। यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ ।

यस्तै, प्रदेश नम्बर २ को नामका लागि मतदान शुरु भएको छ । राजधानीको टुंगो लागेसंगै अबको मतदानबाट प्रदेशको नाम पारित गराइनेछ ।

प्रतिक्रिया