
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री प्रचण्डलाई पाँचै वर्ष सरकार चलाउन दिनुपर्ने बताएका छन् ।
बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधनको क्रममा विप्लवले प्रचण्डलाई ढुक्कले सरकार चलाउन दिनुपर्ने भन्दै सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ता सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।
‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि प्रचण्डजीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ ।’ विप्लवले भने, ‘आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठीक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ?’
विप्लवले पछिल्लो समय प्रचण्डको पक्षमा बोल्ने गरेका छन् ।
प्रतिक्रिया