
१६ असार, काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल भइरहेको र ठोस पहलबाट पूर्वमाओवादी पृष्ठभूमीका शक्तिलाई एकीकृत गर्ने बताएका छन् ।
शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउदै माओवादी जनयुद्धका उपलब्धि रक्षाका लागि एकीकृत बन्नैपर्ने बेला आएको बताएका हुन् ।
माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै उनले एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए । यस्तै, उनले विशेष महाधिवेशनबाट माओवादी पुनर्निर्माणको काम थालिने उनको दाबी छ ।
उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको बताए ।
प्रतिक्रिया