
काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको हो ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको फैसला केही उल्टीसहित सदर गरेको सर्वोच्च अदालतले जनाएको छ ।
फैसला अनुसार अब जोशीले ६९ लाख १५ हजार जरिवाना बुझाउनुपर्ने छ । विशेष अदालतले नै जोशीलाई डेढ वर्षको कैद सजाय हुने गरेको फैसलालाई ९ महिनामा झारेको छ ।
प्रतिक्रिया