नेकपा एसभित्र वैचारिक मतभेद छैनः राजेन्द्र पाण्डे

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी भित्र बैचारिक मतभेद नभएको दाबी गरेका छन ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टी भित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उनको तर्क छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बैचारिक मतभेद रहेको छ नि ? भनेर प्रश्न गरेका थिए ।

उपाध्यक्ष पाण्डेले सबै नेताहरु मिलेर महाधिवेशनमा प्रश्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने दाबी गरे ।

उनले नेताहरुबीच पार्टी नेतृत्वको लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया