निलम्बित मुख्यसचिवको मुद्दा : करोडौं बिगो, लाखमा सीमित धरौटी

काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । आइतबार अर्यालविरुद्धको मुद्दामा सुनुवाई गर्दै विशेष अदालतले ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।

लगत्तै अर्याल धरौटी तिरेर निस्केका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गरेको ३५ दिनपछि उनी आइतबार बयान दिन पुगेका थिए । थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो ।

आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो ।

मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो ।

महँगोमा अन्तःशुल्क स्टिकर छापेको भन्दै मुख्यसचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तःशुल्क स्टिकर महँगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार