निर्वाचन आयोगले गर्‍यो मतदाता नामावली संकलन स्थगित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको हो ।

निर्वाचनको घोषणापछि मतदाता नामावली संकलन कार्य गर्न नपाइने कानुनी प्रावधान अनुसार मंगलबारदेखि मतदाता नामावली संकलन कार्य रोकिएको हो । भने, आयोगका अनुसार सोमबार दिनभर मतदाता नामावली सुचीमा नामावली परेका मतदाता मात्रै स्थानीत तहको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार