
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निस्कर्ष निकालेको समेत बताए । उनले महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको समेत बताए । पार्टीलाई अघि बढाउन धेरै ठूलो उर्जा प्राप्त भएको निस्कर्ष रहेको समेत बताइएको छ । यस्तै, बैठकले पदाधिकारी नयाँ चयन भइ नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय समेत भएको छ ।
बैठकपछि बोल्दै पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको बताए । उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालाई नै समर्थन र विश्वासको मत दिने समेत बताए । पछिल्ला राजनीतिक घटनाक्रमलाई पार्टीले नजिबाट नियालिरहेको जिकिर समेत उनको छ । केन्द्रीय समितिको बेठक आईतवार पुनः बस्नेछ ।
प्रतिक्रिया