धादिङमा पहिरो खस्दा तीन बेपत्ता, सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाको वडा नम्बर १ को तिप्लिङको पुरु नजिकैको बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ ।

धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो ।

पहिरोमा परेर तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा स्काभेटरसमेत पुरिएको छ ।

पहिरोमा परि वेपत्ता हुनेमा स्काभेटर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।

धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पुर्‍याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार