
काठमाडाैं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सक्रियता बढाउदै लगेका छन् ।
सत्ता गठबन्धन भत्काउन विभिन्न छलफलमा केन्द्रित बनिरहेका देउवाले बुढानिलकण्ठमा प्रतिपक्षी दल (मधेस केन्द्रित) र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई निवासमै बोलाएर छलफल गरे ।
छलफलको केन्द्रमा थियो, मधेस सरकारको निरन्तरता । तर, मधेस सरकारबारे छलफल भएको दाबी गरिएपनि बुढानिलकण्ठमा भने माहोल फरक बनेको थियो । सत्तापक्ष बनेपनि वैकल्पिक सरकार गठनको विषयलाई माधव नेपालले जोडतोडले उठाएको स्रोतको दाबी छ ।
प्रचण्ड-केपी ओलीले आफ्नो पा्र्टीलाई ध्यान नदिएको भन्दै चिढिन पुगेका माधव नेपालले वैकल्पिक सत्ताको तयारी गर्नुपर्ने विषयमा कुरा राखेको बताइएको छ ।
‘प्रचण्ड-ओलीको हेपाई धेरै भयो । यो गठबन्धनले मुलुकलाई निकास दिन सक्दैन । केहि सोचाैं । माधव नेपालको भनाई उदृत गर्दै एक नेताले भने ।
कांग्रेस सभापति देउवाले सत्ता गठबन्धनले दल फुटाउने गरि फेरि नयाँ कदम चाल्न सक्ने भन्दै संशय व्यक्त गरेका थिए । तर, त्यसमा चिन्ता नगर्न अन्य नेताहरुले सुझाएको बताइन्छ । यस्तोमा नेकपा एकीकृत समाजवादीले चालेको कदमले स्थायित्व पाउला ? प्रश्न भने पेचिलो बनेको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने सत्ता गठबन्धन छाड्ने विषयमा कल्पना गर्न नसकिने बताइरहेका छन् ।
सरकारले राजनीतिक दल सम्बन्धि विधयेक फिर्ता लिएको अवस्थामा अध्यादेश आउन सक्ने आशंका पनि उत्तिकै देखिन्छ । यस्तोमा माधव नेपालको कदमले उनको दलमा समेत समस्या आउन सक्ने संकेत देखिन थालेको छ ।
प्रतिक्रिया