थ्रेसहोल्ड ५ प्रतिशत पुर्‍याउनुपर्छः शंकर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि समानुपातिक निर्वाचन प्रणालीमा थ्रेसहोल्ड ५ प्रतिशत पुर्‍याउनुपर्ने जिकिर गरेका छन् ।

संविधान संशोधनको क्रममा थ्रेसहोल्ड बढाएर स्थिर राजनीतिक प्रणालीको विकास गर्नुपर्नेमा उनको जोड थियो । यस्तै, महासचिव पोखरेलले कानून निर्माणको दृष्टिकोण नै त्रुटीपूर्ण रहेको दाबी समेत गरे ।

पोखरेलले राज्यका सञ्चालकहरुले अधिकारको दुरुपयोग गर्ने र नियन्त्रणमुखी सोच राखेर कानून निर्माण गर्ने गरेको आरोप लगाएका उनले कानून निर्माण सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विकास निर्माणको कामलाई गति दिनका लागि कानून बनाउनुपर्नेमा नियन्त्रणकारी कानूनहरु धेरै भएको बताए ।

एउटा मन्त्रालय र अर्को मन्त्रालयले बनाएका कानूनमा एउटा काममा अर्कोलाई अवरोध सिर्जना गर्ने प्रवृत्ति धेरै हुँदा विकास प्रक्रिया र सुशासन कमजोर बनेको उनको भनाई छ ।

नागरिक बलियो हुन राज्यलाई बलियो बनाउनुपर्ने र राज्य बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दलहरु बलियो बनाउनुपर्नेमा महासचिव पोखरेलको जोड थियो ।

प्रतिक्रिया