
काठमाडाैं । नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
९ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो चार दिनमा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया