ठगी खानेको प्रवेशपछि ठूला सहकारी संकटग्रस्त बनेः ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठगी गरेर खानेहरु सहकारीमा प्रवेश गरेपछि संकट आउन थालेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै ओलीले ठगहरू प्रवेश गरेकाले ठूला सहकारी बदनाम बन्न पुगेको बताए।

‘केही गैरसहकारी, सहकारी होइन बाहिरका गैर सहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारीमा प्रवेश गरेको हुनाले केही, ठूला सहकारी बदनाम भएका छन्। ती समस्याग्रस्त भएका छन्, ती संकटग्रस्त भएका छन्,’ उनले भने।

उनले साँच्चैका सहकारीहरू संकटग्रस्त नहुने बताए। ‘त्यसका आफ्ना नियम छन्। नियम अन्तर्गत बसेर, नियमको पालना गरेर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने।

सहकारी ठगी प्रकरणमा एमाले सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानविन समिति गठन भएको छ । यो समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाएर विस्तृत विवरण सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया