जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन जेठ ५ भित्रै हुने जनाएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस वागमती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुसंगको भेटमा जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।

ऐन बमोजिम स्थानीय तहको निर्वाचन हुने भन्दै प्रधानमन्त्री देउवाले तयारीमा जुट्न समेत निर्देशन दिएको वागमयी प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जनाए ।

देउवाले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरि गठबन्धन र सरकारले तयारी थालेको जानकारी दिएका हुन् । ऐन संशोधन गर्न झन्जट हुने भएकाले सकेसम्म ऐन संशोधन नगरी निर्वाचन गर्ने गरि तयारी भएको जनाएको बस्नेतले जनाए ।

प्रतिक्रिया