चन्द्रागिरीमा दोश्रो पटक पर्‍यो हिउँ

काठमाडौं । चन्द्रागिरी हिल्समा हिमपात भएको छ ।

गएरातिदेखि परेको वर्षाका कारण हिमपात सुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिए ।

चन्द्रागिरीमा यो वर्ष दोश्रो पटक हिउँ परेको हो ।

देशका उच्च हिमाली क्षेत्रसंगै पहाडी जिल्लामा समेत हिमपात भएको छ ।

चन्द्रागिरी धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो भने, चन्द्रागिरीमा केबलकार, रिसोर्ट, जीप लाइन, हर्स राइडिङ लगायत सुविधा उपलब्ध रहेका छन् ।

प्रतिक्रिया