कोलकत्ताले जित्यो आइपीएल उपाधि

चेन्नाई । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ मा कोलकत्ता नाइट राइडर्सले आइतबार सनराइज हैदरावादलाई हराउदै उपाधि जितेको छ ।

कोलकत्ताले ८ विकेटले हैदरावादलाई पराजित गर्दै उपाधि सजहै जितेको छ ।

तर, यसका लागि उसले १० वर्ष लामो समय भने कुर्न पर्‍यो । कोलकाताले सन् २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो । उप–विजेतामै सीमित हैदरावाद कोलकातासँग लगातार दोस्रो खेलमा पराजित भएको हो । जितका लागि १ सय १४ रनको लक्ष्य पाएको कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर विजयी रन बनायो ।

कोलकाताका लागि सबै बलर कसिकसाउ बलिङ गरे । आन्द्रे रसेलले तीन विकेट लिए भने मिचेल स्टार्क र हरसित रानाले दुई दुई विकेट लिए । लिग चरणको समाप्तीमा कोलकाता नै शीर्ष स्थानमा रहेको थियो र उसले पहिलो क्वालिफायरमा दोस्रो स्थानमा रहेको हैदरावादलाई हराएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार